झापा, भदौ २३ गते । नेपाल उद्यमशील महिला संघ झापाले रसुवा बाढीपीडितलाई आर्थिक सहायता प्रदान गरेको छ। अध्यक्ष ऐश्वर्य पाण्डेका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा संघका तर्फबाट आर्थिक सहायता जम्मा गरिएको हो। संघले २५ हजार ५०५ रुपैयाँ कोषमा जम्मा गरेको छ।
साथै राहत कोषमा रकम जम्मा गरेपछि उक्त हिसाव सार्वजनिकीकरण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य श्री ओमकृष्ण बिमली र विशिष्ट अतिथि संस्थापक अध्यक्ष पार्वता खरेल बिमलीले बाढीपीडितलाई सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए।

नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष ऐश्वर्य पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्वितीय उपाध्यक्ष उमा प्रसाईले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन चन्द्रकला रिजालले गरेकी थिइन्। अध्यक्ष पाण्डेले झापाका उद्यमी महिलाले आर्थिक संकलन गरी कोषमा रकम जम्मा गरेको बताउँदै सामाजिक उत्तरदायित्व पुरा गर्न संघ प्रतिवद्धता व्यक्त गरिन्।







प्रतिक्रिया