काठमाडौं – विवेकशील साझा पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरुवात गरेको ‘समता संवाद श्रृंखला’मा यस पटक श्रृष्टी केसी आउने भएकी छिन्।
विभागका प्रमुख प्रकाशचन्द्र परियारका अनुसार विवेकशील साझा पार्टीको केन्द्रीय सभाकक्षमा हुने कार्यक्रममा यस पटक उत्प्रेरक वक्ता (मोटिभेशन स्पिकर) केसीलाई निम्त्याइएको हो।
किशोरावस्थामा दृष्टी गुमाएपछि पनि आफूलाई अझै सशक्त प्रतिभा र प्रभावशाली वक्ताका रूपमा नेपाल तथा कयौं अन्य देशहरूमा स्थापित गर्न सफल केसीसँग अन्तरकृयात्मक कार्यक्रम हुने परियारले जनाएका हुन्।
हालै प्रदर्शनमा अाएको ब्लाइण्ड रक्स फिल्म पनि श्रृष्टीकै जीवनकथामा अाधारित थियो।
श्रृंखलाको शुरुवात प्रसिद्ध पुरस्कार ‘फ्रिडम फ्रम फियर अवार्ड’ विजेता पूर्व कमलरी उर्मिला चौधरीसँगको अन्तरक्रियाबाट गरिएको थियो।








प्रतिक्रिया