Logo

साहित्य

साहित्यकार आचार्यको ‘जहाँ छचल्किए भावना’ लोकार्पण



काठमाडौँ, वैशाख २२ गते । वरिष्ठ पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यको नियात्रासङ्ग्रह ‘जहाँ छचल्किए भावना’ लोकार्पण गरिएको छ। सोमबार आयोजित समारोहमा साहित्यिक क्षेत्रका वरिष्ठ व्यक्तित्वद्वारा संयुक्त रूपमा उक्त कृति लोकार्पण गरिएको हो। समारोहमा पर्वतीय साहित्य समाज नेपालका अध्यक्ष एवं वरिष्ठ नियात्राकार प्रतीक ढकालले नियात्रा तथा नियात्राकारका सम्बन्धमा प्रकाश पारेका छन्।

यस्तै प्राडा भरतकुमार भट्टराईले उक्त नियात्रासङ्ग्रहको विशद समीक्षा गरे। नियात्राकार आचार्य गोरखापत्र राष्ट्रिय दैनिकका पूर्वप्रधान सम्पादक हुन्। यसअघि, आचार्यका नेपाली महिला, गर्गगोत्री आचार्य वंशावली (सम्पादन, सहलेखन), सांस्कृतिक सेरोफेरो (निबन्धसङ्ग्रह), मनको ओखती (गीतसङ्ग्रह), १०१ प्रथम नेपाली महिला (पूरक खण्ड), मेदिनीस्मृति (योग, ज्ञान र ओखतीमूलो), अग्रणी महिला, सांस्कृतिक सौरभ (सहसम्पादन), बिर्सनै नहुने कृष्णप्रसाद, प्रथम नेपाली महिला (परिमार्जित तथा परिवर्द्धित) प्रकाशित भइसकेका छन्।

प्रकाशित : २५ बैशाख २०८३, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल