Logo

आर्थिक

युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड’



काठमाडौँ, वैशाख १४ गते । नेपाली युवा उद्यमी परशुराम चौहान (प्रल्हाद) ले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै आफ्नो नाम विश्व कीर्तिमानमा दर्ता गराउन सफल भएका छन् । भारतको पर्यटकीय क्षेत्र गोवास्थित प्रसिद्ध बागा समुद्र तटमा आयोजित अवार्ड समारोहमा चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड’बाट विश्व कीर्तिमानको सम्मान प्रदान गरिएको हो ।

चौहानलाई नेपालमा बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स तथा परामर्श व्यवसायमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गतिशील युवा उद्यमी विधामा उक्त विश्व कीर्तिमान प्रदान गरिएको हो । नरुलाज एन्ड कम्पनी (इभेन्ट्स) को उत्कृष्ट व्यवस्थापनमा सम्पन्न कार्यक्रममा पत्रकारिता, महिला सशक्तीकरण, डिजिटल मिडिया, कला तथा व्यवसाय क्षेत्रका अन्तर्राष्ट्रियस्तरका प्रतिभाको उल्लेख्य सहभागिता रहेको थियो ।

बहुक्षेत्रीय स्वास्थ्य सेवा र डायग्नोस्टिक्स क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै युवा उद्यमी चौहानलाई सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन् । विश्व कीर्तिमान प्राप्त गरेपछि उद्यमी चौहानले यो उपलब्धी आफ्नो व्यक्तिगत प्रयास मात्र नभएर उद्यमशीलताको क्षेत्रमा लाग्ने सम्पूर्ण युवाप्रति समर्पित रहेको बताए । ‘यो सम्मान मेरो एक्लो प्रयासको परिणाम होइन, यो मेरो परिवार, मेरो टिम, शुभेच्छुक र सम्पूर्ण नेपालीको माया, विश्वास र आशीर्वादको जीत हो,’ उनले भने ।

उद्यमी चौहान राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय छन् । ताप्लेजुङबाट काठमाडौँ आएर सामाजिक र उद्यमीशील अभियानमा सक्रिय उनी कला क्षेत्रमा पनि सक्रिय छन् । उद्यमी चौहानले अन्तर्राष्ट्रिय मञ्चमा नेपालीको नाम गुञ्जिनुले नेपाली युवामा क्षमता, ठूलो सपना र त्यसलाई पूरा गर्ने आँट छ भन्ने कुरा पुनः प्रमाणित भएको बताए । उनले यस सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र आगामी दिनमा अझ ठूलो लक्ष्यका साथ अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित : १४ बैशाख २०८३, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल