Logo

साहित्य

खगिन्द्रा खुशीलाई रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार



काठामाडौं । ‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गर्ने निर्णय गरेको छ। खुशीको उपन्यास ‘खुशीको गाउँ’ का लागि उक्त पुरस्कार दिने निर्णय भएको हो।

सोसाइटीका अनुसार विभिन्न राष्ट्रिय पत्रिकामा आएका समालोचनाहरू, पुस्तकले उठाएका सामाजिक र सांस्कृतिक मुद्दा, आख्यानको बनोट र भाषागत विशिष्टता आदि आधारमा विज्ञको मूल्याङ्कनपछि ‘खुशीको गाउँ’ लाई उत्कृष्ट कृतिका रूपमा छनोट गरिएको हो।

कृतिले वर्तमान नेपाली समाजको प्रेम, जीवन र आर्थिक सामाजिक यथार्थलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको बताइन्छ। समालोचकबाट राम्रो समालोचनासहित प्रशंसा पाएको उपन्यास ‘खुशीको गाउँ’ पुरस्कारका लागि योग्य ठहर गरिएको सोसाइटीले जनाएको छ।

यो सम्मान तथा पुरस्कार आउँदो २०८३ वैशाखमा राजधानीमा एक समारोह गरी प्रदान गरिने जनाइएको छ। २० हजार नगद र सम्मानपत्रद्वारा उनलाई सम्मानित गरिने भएको सोसाइटीका अध्यक्ष आरपी पौडेलले जनाएका छन्।

प्रकाशित : ८ चैत्र २०८२, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल