काठमाडौँ, फागुन २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा बिहीबार काठमाडौँ उपत्यकाभित्रका सहयोगापेक्षी नागरिकलाई खाना र पानी वितरण गरिने भएको छ। पूर्णायु आयुर्वेद हस्पिटल र महारूद्र परिवारको संयुक्त आयोजनामा खाना र पानी वितरण कार्यक्रम राखिएको हो।
पूर्णायु आयुर्वेद हस्पिटलका प्रबन्ध निर्देशक प्रल्हाद चौहानले वैदेशिक रोजगारीमा जान लागेका र काठमाडौँ उपत्यकाभित्रै खानाको अभावमा परेका नागरिकलाई सेवा दिने उद्देश्यले खाना, पानीसहित अत्यावश्यक सामग्री वितरणको तयारी गरिएको बताएका छन्। ‘मानवीय सेवालाई दृष्टिगत गरेर खाना, पानी र अन्य अत्यावश्यक खाद्य सामग्री वितरण गरिँदैछ,’ चौहानले भने।







प्रतिक्रिया