Logo

राजनीति

कांग्रेस विशेष महाधिवेशनलाई जनसम्पर्क समिति इजरायलको पूर्ण समर्थन



काठमाडौँ, पुस २५ गते । नेपाली जनसम्पर्क समिति इजरायलले नेपाली कांग्रेसको विशेष महाधिवेशनप्रति पूर्ण समर्थनसहितको सहभागिता तथा ऐक्यवद्धता व्यक्त गरेको छ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं जनसम्पर्क समिति इजरायलकी कार्यवाहक सभापति अनिता खत्री (अनु थापा) ले वक्तव्य जारी गर्दै पार्टीभित्र विगतका केही निर्णय तथा अभ्यासले संगठन कमजोर बनाउँदै व्यक्तिवादी वा गुटकेन्द्रित प्रवृत्ति हावी भएको यथार्थलाई स्वीकार गर्दै विशेष महाधिवेशनप्रति समर्थन जनाएकी हुन्।

थापाले जेनजी आन्दोलनपछि देश र देशको परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको सुदृढीकरण, वैचारिक स्पष्टता, नेतृत्वको नविकरण तथा जनभावना अनुरूप रूपान्तरणका लागि विशेष महाधिवेशन अनिबार्य र अपरिहार्य भइसकेको बताएकी छिन् ।

वक्तव्यमा भनिएको छ, नेपाली जनसम्पर्क समिति इजरायल ऐतिहासिक विशेष महाधिवेशनको पूर्ण समर्थन गर्दछ । नेपाली जनसम्पर्क समिति इजरायलका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको जानकारीसहित महाधिवेशन प्रतिनिधिको मतलाई बेवास्ता गर्दै कुनै पनि हालतमा विशेष महाधिवेशनबाट पछि हट्न सकिदैन, बरु पार्टी विधान र लोकतान्त्रिक मूल्य अनुसार दृढ रूपमा अघि बढ्न हाम्रो स्पष्ट धारणा छ ।”

हेर्नुहोस् वक्तव्य

प्रकाशित : २५ पुस २०८२, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल