Logo

पत्र-पत्रिका

भन्सार एजेन्टको परीक्षा १७ वैशाखमा गर्न निर्वाचन आयोगको सहमति



काठमाडौं, वैशाख, गते । पटक पटक स्थगित भई तोकिएको पछिल्लो मितिमा भन्सार एजेन्टको लिखित परीक्षा सञ्चालन गर्न निर्वाचन आयोगले अनुमति दिएको छ ।

भन्सार विभागले भन्सार एजेन्टको परीक्षा वैशाख १७ गतेका लागि तोकेको छ । तर, यसबीचमा निर्वाचन आचार संहिता लागू हुने भन्दै निर्वाचन आयोगले परीक्षण संचालन नगर्न भन्सार विभागलाई पत्र लेखेको थियो ।

तर, यसबारे लोकसेवा आयोगले सक्रियता लिएपछि भने परीक्षा तोकिएकै मितिमा हुने निश्चित भएको हो । निर्वाचन आयोगले लोकसेवा आयोगलाई शुक्रबार एक अर्को पत्र लेखी नतिजा प्रकाशनको कार्य निर्वाचन आचारसंहिता २०७८ लागू हुने समय समाप्त भएपछि गर्ने गरी परीक्षा सञ्चालन गर्न लोकसेवा आयोगले सहमति दिएको छ ।

नेपालमा दुई दशकपछि ६६० जना भन्सार एजेन्टको परीक्षण सञ्चालन हुने गरी मिति तय भएको थियो ।

प्रकाशित : २६ भाद्र २०८३, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल