एक समय एक्सनमा राम्रो जमेका अभिनेता हुन्, निखिल उप्रेती अहिले भने विभिन्न कराणले गर्दा चर्चामा आउने गर्दछन्। अहिले उनी केही समययता निखिल ‘आध्यात्मिक गुरु’ को रुपमा पनि अगाडि आएका छन्।
अभिनयमा एक्सन दृश्य गर्दा सातौं तलाबाट फालहाल्नेदेखि बन्दुक चलाएर हत्याहिम्सा गर्नेसम्मका दृश्यमा रमाउने उनी अचेल जीवन र जगतबारे प्रहवसन दिन व्यस्त छन्।
केही अगाडिबाट ‘समबोधी अभियान’ को समेत थालनी गरेका उनले अव फिल्म क्षेत्र छोडे भन्ने धेरै छन्। तर आफू अहिले फिल्म निर्माणको तयारीमा जुटेको उनले बताएका छन्।
हालै एक टेलिभिजन शोमा अन्तर्वार्ताको क्रममा आफू नयाँ फिल्म निर्माणको तयारीमा रहेको उनले स्पष्ट पारेका हुन्। करिव २ सय हाराहारी फिल्म अभिनय गरेका निखिलले पछिल्लो समय अभिनय गरेको फिल्म ‘पिंजडा ब्याक अगेन’ हो ।
त्यसपछि उनी फिल्म ‘भैरव’ को सिक्वेल निर्माणको तयारी गर्दै थिए । कोरोनाको कारणले फिल्मको निर्माण अगाडि बढ्न सकेन ।


प्रतिक्रिया