Logo

पत्र-पत्रिका



काठमाण्डाै – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक हवाई उडानको भाडा पनि बढेको छ । वायु सेवा कम्पनीले फ्युज सरचार्ज बढाएपछि भाडा बढेको हो ।

भोलि साेमवारदेखि लागू हुने नयाँ शूल्कअनुसार धनगढीको भाडा सबैभन्दा धेरै दुई सय २० रुपैयाँले बढेको छ भने सबैभन्दा कम डोटी–साफेबगरको भाडा २० रुपैयाँले बढेको छ ।

त्यस्तै भद्रपुरको १५०, विराटनगरको १२०, जनकपुरको ६५, भरतपुरको ५५, पोखराको ८० रुपैया वृद्धि भएको छ । भैरहवाको १०५, नेपालगञ्जको १६०, तुम्लिडटारको ९० र सिमराको ४५ रुपैया वृद्धि भएको छ ।

वायु सेवा सञ्चालक सङ्घका अनुसार निगमले हवाई इन्धनको पाँच रुपैयाँ बढाएपछि सरचार्ज वृद्धि भएको हो । बढेको सरचार्ज भोलिदेखि लागू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लालले जानकारी दिनुभयो ।

प्रकाशित : २६ भाद्र २०८३, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल