Logo

समाचार

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सञ्जीव गोर्खाली ढकालको उम्मेदवारी



काम गरेर देखाउने प्रतिवद्धता

काठमाडौं, असार १२ गते । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यकालका लागि सञ्जीव गोर्खाली ढकालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएन अभियन्ता ढकालले उम्मेदवारी सार्वजनिक गर्दै यो अभियान केवल नेतृत्वका लागि नभइ, स्पष्ट कार्यदिशा, जवाफदेहिता र सहभागितामूलक समुदाय निर्माणका लागि भएको जानकारी दिएका हुन्।

ढकालले स्वतन्त्र च्यारिटेबल संस्था रूपमा संस्थागत सबै विद्यार्थीलाई पुनः सहायक सदस्यका रूपमा समावेश गर्ने र नेपालसँग नाता राख्ने वा नेपाली मूल भएका सबैलाई सदस्य बनाउने व्यवस्था गर्ने उल्लेख गरेका छन्।

‘हामी वाचा मात्रै गर्दैनौँ, काम गरेर देखाउँछौँ, छिट्टै विस्तृत एजेन्डा र सेवा कार्ययोजनासहित पुनः उपस्थित हुनेछु,’ अध्यक्षका उम्मेदवार ढकालले भने।

प्रकाशित : १२ असार २०८२, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल