Logo

समाचार

भारतमा कोरोना संक्रमण बढ्दो: स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाउनुपर्छ



काठमाडौं, जेठ २७ गते । राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको विषयलाई दृष्टिगत गरी सीमावर्ती नाकाहरूमा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसद् पौडेलले सीमा आवागमन सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । पौडेलले भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको र गएका ९ दिनमा ३ हजार ४ सय २३ नयाँ संक्रमित थपिएका र ५८ जनाको मृत्यु भसकेको तथ्य प्रस्तुत गरे ।

उनले नेपालबाट हजारौंको संख्यामा नेपाली दिदीबहिनी तथा दाजुभाइहरू रोजगारीका लागि भारत जाने र भारतबाट पनि रोजगारीका लागि ठूलो संख्यामा नेपाल आउने गरेको तथ्यलाई दृष्टिगत गरी सरकारले परीक्षण केन्द्रहरू, क्वारेन्टाइन व्यवस्था र स्वास्थ्य सचेतना अभियानलाई विस्तार गर्नुपर्ने बताए ।

‘भारतबाट नेपाल फर्कने नेपाली नागरिकका लागि निःशुल्क परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउनुपर्छ । विगतको कमी कमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका लागि पूर्वतयारी, योजना र रणनीति तुरून्त कार्यान्वयनमा ल्याउन आवश्यक सम्पूर्ण व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकृष्ट गर्न चाहन्छु,’ पौडेलले भने ।

प्रकाशित : २८ जेष्ठ २०८२, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल