Logo

आर्थिक

दशैँको किनमेल कहाँ गर्दै हुनुहुन्छ ? ब्रदरमार्टमा भारी छुट



काठमाडौँ, असोज ३ गते । काठमाडौँ उपत्यकासहित देशैभरिका बजार पसलहरूमा ग्राहकको भीड लाग्न थालेको छ । दशैँ आउनै लाग्दा सर्वसाधारणलाई सामानको जोहो गर्ने व्यस्तता छ । व्यस्त समयका बाबजुद पसलमै पुग्नुपर्ने बाध्यता छ ।

तर, अब ग्राहकले पसलमै पुगेर सामग्री खरिद गर्नुपर्ने बाध्यतालाई हटाउँदै ब्रदरमार्टले अनलाइनमार्फत घरैमा सामग्री उपलब्ध गराउने व्यवस्था गरेको छ ।

ब्रदरमार्टले काठमाडौँ, भक्तपुर, ललितपुरसहित देशैभरि अनलाइनमार्फत तत्कालै सामग्री पुर्‍याउने व्यवस्था गरेको हो ।  संस्थापक अशेष प्रसाईका अनुसार ब्रदरमार्टले असोज ५ देखि १५ गतेसम्म ६० प्रतिशतसम्म छुट लिएर देशभरि निःशुल्क डेलिभरीको व्यवस्था गरेको छ ।

ब्रदरमार्टमै किन किन्ने ?

ब्रदरमार्ट सन् २०१६ मा स्थापना भएको भरपर्दो अनलाइन सपिङ प्ल्याटफर्म हो । संस्थापक प्रसाईका अनुसार ब्रदरमार्टमा ग्याजेट, मोबाइल, ल्यापटप, फेन्सी आइटम, घरायसी सामग्रीसहित उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री किन्न पाइन्छ ।

‘हामीले अनलाइनमार्फत अर्डर आएपछि निःशुल्क रुपमा घरमै पुर्‍याइदिने व्यवस्था परेका छौँ, पसलमै गएर किन्नुपर्ने बाध्यता हटाउन ब्रदरमार्टले अनलाइन सपिङको राष्ट्रव्यापी अवधारणा ल्याएको हो,’ प्रसाईले भने ।

संस्थापक प्रसाईले अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त ब्राण्डहरूलाई नेपाली उपभोक्तासम्म पुर्‍याउने आफ्नो उद्देश्य रहेको बताए । उनले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताउँदै भरोसा र विश्वासका साथ ब्रदरमार्टबाट सामग्री खरिद गर्न ग्राहकवर्गमा अनुरोध गरे ।

‘यदि साइज मिलेन वा अन्य कुनै कारणवश सामग्री फिर्ता गर्नुपर्ने एकसाताभित्र फिर्ता गर्न मिल्ने व्यवस्था हामीले गरेका छौँ, उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राखेर सहज रुपमा घरमै उपलब्ध गराउने व्यवस्था पनि ब्रदरमार्टले गरेको छ,’ उनले भने ।

स्मार्टवाचको सर्वाधिक बिक्रेता

संस्थापक प्रसाईका अनुसार ब्रदरमार्टले सबैभन्दा बढी स्मार्टवाच बिक्री गरेको छ । अमेज फिट, एमआई, मिब्रो, हुवाए, वान प्लस ब्राण्डका ओरिजिनल घडीको बिक्री ब्रदरमार्टले गरिरहेको उनले बताए ।

(अनलाइन अर्डर गर्न लिंक क्लिक गर्नुहोस् ब्रदरमार्ट)

उनका अनुसार ब्रदरमार्टले बालबालिकाका लागि लोकेशन ट्रयाक गर्न मिल्ने घडीहरूको बिक्री पनि सुरु गरेको छ । ‘बालबालिकाहरू कहाँ छन् भन्ने चिन्ताले अभिभावकलाई सताउने गर्छ, धेरै माग भएपछि हामीले बालबालिकाको सुरक्षालाई पनि दृष्टिगत गरी स्मार्टवाच ल्याएका हौँ, उक्त स्मार्टवाचबाट फोनमा कुराकानी गर्न पनि मिल्छ, गेम खेल्न पनि मिल्छ,’ उनले भने ।

उनले अरु ठाउँमा किन्नुभन्दा ब्रदरमार्टमा किन्दा सस्तो पर्ने बताउँदै ब्राण्डेड सामग्री मात्रै उपलब्ध गराउने प्रष्ट पारे । उनका अनुसार ब्रदरमार्टको आउटलेट बत्तिसपुतलीमा छ । साथै एफिलिएटेड मार्केटिङबाट पैसा कमाउन सकिने व्यवस्था पनि ब्रदरमार्टले गरेको छ ।

अनलाइनबाट किन किन्ने ?

संस्थापक प्रसाईले अनलाइन सपिङ गर्दा सस्तो पर्ने बताए । साथै घरमै सामग्री उपलब्ध हुने हुँदा समयको बचत हुने उनको धारणा छ ।

‘अरु उपभोक्ताले सामग्री किन्दा दिएको रिभ्यू पनि हेर्न मिल्छ, रकम आफैले हेर्न मिल्छ र घरमै सामग्री आइपुग्छ, त्यसैकारण अनलाइनबाट सामग्री खरिद गर्दा धेरै फाइदा पुग्छ,’ उनले भने ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल