Logo

आर्थिक

जग्गाधनीलाई थाहै नदिइ अर्काको नाममा नामसारी



काठमाडौं, आषाढ २२ गते । सुर्खेत जिल्ला अदालतले वीरेन्द्रनगर–६ का सौगात रावतको जग्गा नामसारी प्रकरणमा १३ जनालाई दोषी ठहर गरेको छ । जग्गाधनी सौगात रावतलाई थाहै नदिइ अर्काको नाममा नामसारी गरिएकोमा भन्दै दायर मुद्दामा अदालतले १३ जनालाई दोषी ठहर गरेको हो ।

न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले १९ जना प्रतिवादीमध्ये १३ जनालाई कसूरदार ठहर्‍याएको​ हो । जग्गाधनी रावतले एक वर्ष अघि आफूलाई थाहै नदिइ आफ्नो नामको जग्गा नामसारी गरिएको भन्दै १९ जनाविरुद्ध मुद्दा दायर गरेका थिए । जसमध्ये सहबीर कार्की, अमरसिंह कटुवाल, सन्तोष ठाकुर, गणेश बुढा, सुनिता राना, निर्मला पुरी, मालपोत कार्यालयमा कार्यरत विश्वरुप साउद, गणेश विक, कृष्णबहादुर थापा, दिपेन्द्र श्रेष्ठ र तीर्थराज महतरालाई अदालतले किर्तेमा दोषी ठहर गरेको छ । यस्तै वीरेन्द्रनगर नगरपालिका–१२ वडा कार्यालयका राकुमार दर्लामी र उत्तम अधिकारी समेत दोषी ठहर भएका छन् ।

अदालतका सूचना अधिकारी उज्ज्वल रावलका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ३२ अन्तर्गत सौगात रावतको जाहेरीमा नेपाल सरकारले अभियोग पत्र दायर गरेको थियो । सोही बमोजिम छानबिन गर्ने क्रममा रावतको जग्गा बेच्दा संलग्न व्यक्तिहरुलाई कसुर ठहर गरिएको हो । यद्यपि उक्त मुद्दामा तल्कालीन मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्री र नापी कार्यालयका कर्मचारीसहित ६ जनाले भने सफाई पाएका छन् । बुधबार इजलासले उक्त मुद्दामा १३ जना दोषी ठहर गरे पनि आगामी हप्ता हुने पेसीबाट कसुरदारविरुद्व सजायको फैसला हुने बताइएको छ ।

०७७ असार ८ गते वीरेन्द्रनगर नगरपालिका–१२ साविक जर्बुटा वडा नम्बर–३ कमा रहेको कित्ता नम्बर ३१११ को जग्गा कित्ता काट भएको थियो । उक्त जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको हो । जग्गाको कित्ताकाट हुँदा अथवा किनबेच गरिँदा जग्गाधनी र मोही जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अबस्थामा सोही बमोजिम मालपोत कार्यालयले जग्गा नाममा गराइदिन सक्छ । तर, जग्गाधनी रावतलाई कुनै जानकारी नदिइ उनकै नाममा भएको जग्गा अरुकै नाममा नामसारी भएको थियो ।

रावतले जग्गा नामसारी भएर अर्कै व्यक्तिलाई बेचिसकेपछि ०७७ पौष २९ गते जग्गाको नक्सा पास निकाल्दा कम्प्युटर सिस्टममा उनीसँग भएको जग्गाको कित्ता नम्बर नभेटिएपछि मात्र उनले यसबारे जानकारी पाए । पछि नापी शाखाका प्रमुख राजेन्द्र थापाको सहयोगमा जग्गा भएको क्षेत्रको ट्रेस नक्सा हेर्दा जग्गा ६ कित्तामा बाँडिएको थाहा पाइएको थियो । जग्गा दैलेखको महाबु गाउँपालिका वडा नम्बर–३ बाँसी स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्ने सहबीर कार्कीको नाममा नामसारी भएको पाइएको थियो ।​

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल