Logo

आर्थिक

उतार चढावका बीच नेप्सेमा दोहोरो अंकको वृद्धी



काठमाडौं, असार २२ गते। तीब्र उतार चढावका बीच बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार बजार परिसूचक १३।३३ अबंकले बढेर २०४३।९२ को बिन्दुमा पुगेको हो ।

बुधबार २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर सेयर ३८ हजार ८ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय रह्यो ।
बुधबार लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । सीवाईसी नेपाल लघुवित्त, तेह्रथुप पावर, सिभिल बैंक, रिलायन्स फाइनाइन्सको सेयर मूल्य धेरै बढ्ने कम्पनीहरुमा रहे ।

एनसीसी डिबेन्चर, सिटिजन्स म्युचल फन्ड, स्वभिमान लघुवित्त लगायतको सेयर मूल्य सबै भन्दा धेरै घट्यो । धेरै कारोबार हुने कम्पनीमा गोर्खा फाइन्यन्स, लाइफ इन्स्योरेनस कर्पोरेसन र सिभिल बैंक लगायत रहे । म्युचल फण्ड, ननलाइफ र बैंकिङबाहेकका सबै उपसमूहमा हरियाली छायो ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल