Logo

आर्थिक

नबिल र एनबी मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति



काठमाडौं, आषाढ १५ गते । नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल(बंगलादेश एनबी बैंक बीचको मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । कर्मचारी समायोजनमा हेलाहोचो भएको भन्दै विवाद भएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको थियो ।

तर, बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले अन्तिम स्वीकृति प्रदान गरेको स्रोतले बतायो ।

कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका कर्मचारीमा विवाद छ । राष्ट्र बैंकले नै यसमा चासो दिएपछि दुबै पक्षले यसलाई सल्टाउने आश्वासन दिएका छन् ।

मर्जरमा नेपाल बंगलादेश बैंकका कनिष्ठ कर्मचारीलाई माथिल्लो हैसियतमा ल्याउन लागेको भन्दै नबिल बैंकका कर्मचारी असन्तुष्ट छन् । नबिल बैंकका सञ्चालकहरुले सुटुक्क बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई पदस्थापन गर्न खोजेको नबिलका कर्मचारीहरुको आरोप छ ।
यता बंगलादेश बैंकका कर्मचारीहरुले भने समान रुपमा लामो समयदेखि एउटै क्षेत्रमा समान हैसियातमा काम गरेका कर्मचारीहरुलाई अन्यय गरेर मर्जर गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले समान हैसियातमा मर्जरपछि कर्मचारीको पदास्थापन नगरिए मन्य नहुने चेतावनी दिँदै आएका छन् ।

दुई बैंकका सञ्चालक समितिको अनौपचारिक सहमति अनुसार सुरुवातमा नबिल बैंकको हालको पदमा बंगलादेश बैंकका सोही पदका कर्मचारीको तीन पद तल समायोजनको सहमति भएको थियो । तर, बंगलादेश बैंकका कर्मचारी केही अघिदेखि यसमा असन्तुष्टि तीब्र पारेपछि नबिलका व्यवस्थापककले कर्मचारीको पदस्थापनमा अन्याय नहुने अनौपचारिक सहमति गरेका थिए ।
२९ पुस, २०७८ मा नै नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।नबिलले स्वाप रेसियो १००.४२ मा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने समझदारी गरेको छ । अर्थात् अब नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ४२ कित्तामात्रै सेयर हुनेछ । मर्जरपछि बैंकको नाम नबिल बैंक नै हुने प्रारम्भिक सहमति छ ।

प्रकाशित : १५ असार २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल