Logo

आर्थिक

फलफूल पकाउन कार्वाइड ग्याँस प्रयोग नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आग्रह



काठमाडौं, आषाढ १४ गते । फलफूल पकाउनका लागि कार्वाइड नामक एसिटिलिन ग्यास प्रयोग नगर्न व्यवसायीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको छ ।

स्वस्थ्यमा प्रतिकुल असर पार्ने उक्त ग्याँसको प्रयोग गरेर काँचो फलफूल पकाउनू खाद्य नियमावली विपरीत भएको पनि विभागले जनाएको छ ।

व्यवसायिक रुपमा फलफूल पकाउन पर्ने व्यवसायीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वीकृत रसायन मात्रै प्रयोग गर्न पनि विभागले सचेत गराएको छ ।

विभागले आँप लगायतका सिजनल फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल प्रयोग नगर्न र त्यस्तो गरेको पाइए तत्काल विभागमा खबर गर्न उपभोक्तालाई आग्रह समेत गरेको छ ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: