Logo

आर्थिक

दुई दर्जन बीमा कम्पनी कारबाहीमा



काठमाडौं, आषाढ १० गते । बीमा समितिले समयमै वित्तीय विवरण नबुझाउने बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । बीमा समितिले व्यवसायको हिसाब किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै कम्पनीहरुलाई कारबाही गरेको हो ।

बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने हुन्छ ।

कानुनी व्यवस्था बमोजिम आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई दश हजारका दरले कारबाही गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पोखरेलले जानकारी दिए ।

नेपाल पुनर्बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारबाहीमा परेका हुन् । यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी पनि कारबाहीमा परेका छन् ।

यस्तै सोही वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानुनी व्यवस्थाको उल्लङ्घन गर्ने बीमा कम्पनीहरू प्रत्येकलाई थप ५०० रुपैयाँ गरी १० हजार ५०० का दरले जरिवाना गर्ने निर्णय समितिले गरेको छ ।
आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका कारण त्यतिबेला जरिवाना गरिएका राष्ट्रिय बीमा संस्थान, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेड आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाएको अभियोगमा कारबाहीमा परेका छन् ।

बीमा ऐन, २०४९ को दफा २४ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र बुझाउनुपर्ने व्यवस्थाको जानी(जानी उल्लंघन भएको समितिको ठहर छ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल