Logo

समाचार

हप्तामा दुई दिन विदा दिने निर्णय खारेज



काठमाडौं, जेष्ठ ३१ गते । गृह मन्त्रालयले परीक्षणको रुपमा रहेको सप्ताहिक दुई दिने विदा खरेज भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन विदा दिने निर्णय खारेज भएको जनाएको छ।

दुई दिने विदा खारेज भएसँगै असार १ गतेदेखि कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कायम गरिएको छ। असार १ देखि कात्तिक १५ गतेसम्म र माघ १५ देखि चैत मसान्तसम्म १० बजेदेखि ५ बजेसम्म कार्यालय समय रहनेछ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय तोकिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए ।

उनका अनुसार शुक्रबार भने कार्यालय समय १० देखि ३ बजेसम्म रहनेछ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल