Logo

आर्थिक

इन्फोडेभलपर्सको १ वर्षे भिजन सार्वजनिक



काठमाडौं, जेष्ठ ३१ गते । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले आगामी आर्थिक वर्ष २०७९र८० को भिजन सार्वजनिक गरेको छ ।

बूढानीलकण्ठमा शनिबार आयोजित रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ उमेश रघुवंशीले भिजन सार्वजनिक गर्दै अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बनाउने लक्ष्य लिएको बताए । उनले संस्थागत सुशासनका लागि कम्पनीलाई पूर्ण डिजिटाइज गर्ने बताए । अहिले कम्पनीको वार्षिक टर्नओभर ५० करोड रूपैयाँ भन्दा माथि रहेको उनको भनाइ छ ।

आउने आर्थिक वर्षमा हामी अनुसन्धान र विकासमा थप जोड दिनेछौं । नयाँ नयाँ प्रविधिमा लगानी गर्नेर्छौं,’ उनले भने, ‘कर्मचारी वृद्धिमा पनि ध्यान दिनेछौं ।’ इनहाउस प्रडक्ट र आइडियालाई पनि मोनिटाइज गर्ने उनले बताए । चालु आर्थिक वर्षमा लिएका धेरै लक्ष्यहरू पूरा भएको र केही बाँकी रहेको रघुवंशीको भनाइ छ । कमर्चारीलाई बिजनेस आइडिया लिएर आए पार्टनर बनाएरसँगै काम गर्ने पनि उनले बताए ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत डा राजिव सुब्बाले कम्पनीको भिजन पूरा गर्नलाई रणनीतिक योजना बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।
बैठकमा विभिन्न व्यवस्थापकीय तथा प्रविधि विभागहरुका प्रमुखहरुले चालु आर्थिक वर्षको समीक्षा, उपलब्धि र चुनौतीहरुको मूल्यांकन एवं आगामी आर्थिक वर्षमा के के नयाँ कार्यहरु गर्न सकिन्छ भनेर आफ्नो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रमको दोस्रो सत्रमा सीईओको भिजनमाथि समूह गत छलफल भएको थियो ।
उक्त छलफल कार्यक्रममा इन्फोडेभलपर्सका उच्च तहका नेतृत्वहरु समेत गरी ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल