Logo

आर्थिक

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट एयरपोर्टका रुपमा विकास गर्न संसदीय समितिको सुझाव :



काठमाडौं, जेष्ठ ३१ गते । संसदीय समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट एयरपोर्टका रुपमा विकास गर्न सुझाव दिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।

उक्त प्रतिवेदनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे दिएको निर्देशनमा भनिएको छ, ‘यात्रु स्थानान्तरण विमानस्थल ट्रान्जिट एयरपोर्टका रुपमा विकास गर्न प्राधिकरणले विशेष पहल गर्नुपर्ने ।

यो विमानस्थलको नजिक केही पुराना संरचना र विभिन्न उद्योग, कलकारखाना रहेको भन्दै ती संरचना हटाउन समेत समितिले निर्देशन दिएको छ । सो स्थानबाट हटाएर अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यो विमानस्थलमा स्थायी वैकल्पिक इन्धन भण्डारणको व्यवस्था गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

गौतमबुद्ध विमानस्थलको पश्चिमतर्फको धावनमार्ग बढाएर यात्रु कक्ष समेत विस्तार गर्न समितिले भनेको छ । यो विमानस्थलको उडान सहज बनाउन छिमेकी राष्ट्र भारतसँग हवाई मार्गका सम्बन्धमा आवश्यक पहल गरी अन्तर्राष्ट्रिय यात्रु सेवाको उडान छोटो र कम खर्चिलो बनाउन समेत समितिले निर्देशन दिएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल