Logo

आर्थिक

ताप्लेजुङमा औद्योगिक पर्यटन मेला



काठमाडौं, जेष्ठ २८ गते । ताप्लेजुङ जिल्लाका औद्योगिक क्षेत्रको पहिचान गराउने तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङमा औद्योगिक मेला आयोजना गरिएको छ। पाँचदिने मेलाको १ नम्वर प्रदेशका उद्योग मन्त्री प्रताप प्रकाश हाङगामले उद्घाटन गरे।
घरेलु तथा साना उद्योग महासंघ, घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा सञ्चालित मेलामा ३५ वटा स्टल छन्। जिल्लामा उत्पादित अल्लोको कपडा, ढाका कपडा, गलैंचा, छुर्पी लगायतका वस्तु छन्। तेह्रथुम, पाँचथर, संखुवासभा, इलाम र धनकुटाका उद्यमी आफ्ना उत्पादन लिएर मेलामा सहभागी छन्।

कार्यक्रमको मुख्य आकर्षक डोको, डालो, थुन्से, गजेरा बुन्ने प्रतियोगिता रहेको आयोजक महासंघका सचिव हर्कराज गुरुङले जानकारी दिए। प्रतियोगिताको मन्त्री हाङ्गामले सुरुवात गरे। वैशाखमै गर्ने तयारी भए पनि स्थानीय तह निर्वाचनका कारण सारिएको महासंघका जिल्ला अध्यक्ष राजेन्द्र भारतीको भनाइ छ। भवनको भित्र र बाहिरको भागलाई प्रयोग गरिएको छ।

भवनभित्र हरेक दिन सांगीतिक तथा साहित्यिक कार्यक्रम हुने र बाहिर स्टल रहने व्यवस्था मिलाइएको छ। आर्थिक गतिविधि चलायमान बनाउन यस्ता कार्यक्रमले सघाउने घरेलु कार्यालयका प्रमुख युवराज घोरसाईले बताए । २० लाख खर्च हुने मेलामा ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। उद्यमीलाई पुरस्कृत तथा प्रोत्साहित गर्ने कार्यक्रम पनि छ। मेला ३० गते सकिने अध्यक्ष भारतीले बताए।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल