Logo

आर्थिक

सेयर लगानीकर्ता आन्दोलित, सरकारविरुद्ध सडकमै प्रदर्शन



काठमाडौं, जेष्ठ २७ गते । सेयर बजार लगानीकर्ताहरुले काठमाडौंको बानेश्वसरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।

सरकारले पूँजीबजार प्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ । लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै आइरहेका छन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । अब यो व्यवस्था खुकुलो बनाउनुपर्ने माग लगानीकर्ताको छ ।

कर्जा–स्रोत अनुपात सीसीडी रेसियो खारेज गरी कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो० कायम गरिएकोमा अब पुनः सीसीडी रेसियो नै काम गर्न पनि लगानीकर्ताले माग गरेका छन् ।

भारित औसत दर १५० प्रतिशत रहेकोमा त्यसलाई १०० प्रतिशतमा झार्न पनि उनीहरुले माग गरेका छन् । नेपाल राष्ट्र बैंकले सेयर बजारमा जोखिमको भारित औसत दर बढाएको थियो ।

१५ जेठमा सरकारले घोषणा गरेको बजेटले सेयर बजारलाई प्रत्यक्ष लाभ हुने गरी सम्बोधन हुन नसक्दा त्यसयता हरेक दिन बजार घटिरहेको छ । बुधबार केही सम्हालिएको सेयर बजार बिहीबार र शुक्रबार लगातार ओरालो लागेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बुधबार धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूँजीबजारलाई सुदृढ र बलियो बनाउन आगामी आव २०७९/८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरिएको बताएका थिए ।

प्रकाशित : २७ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल