Logo

समाचार

कल सेन्टरको स्थापना : धमाधम आउन थाले गुनासा



काठमाडौं जेष्ठ २६ गते । चुनाव अघि काठमाडौ महानगर प्रमुख बालेन्द्र साहले गरेको एउटा प्रतिबद्धता महानगरबासीको गुनासो सुन्न कल सेन्टरको स्थापना गर्ने थियो । सो घोषणा अनुसार काठमाडौं महानगरपालिकामा कल सेन्टरको स्थापना गरिएको छ ।

१०६००१०५५११ नंबरको निःशूल्क फोन गरेर समस्या सुनाउन सकिने कल सेन्टरको स्थापना भएको हो । सोमबार स्थापना गरेको र मंगलबारदेखि सञ्चालनमा आएको कल सेन्टरमा दैनिक ८ सय बढीको फोन आएको महानगरपालिकाले जनाएको छ । महानगरबासीले विभिन्न टोलमा भएका समस्या जानकारी गराउने गरेका छन् । सो कल सेन्टरमा आएको गुनासोको आधारमा समस्या समाधान गर्ने उनको योजना छ ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल