Logo

समाचार

रेष्टुरेन्ट र होटलका ट्वाइलेटलाई सार्वजनिक शौचालयमा बदल्ने ‘कन्सेप्ट’



काठमाडौं, जेष्ठ २६ गते । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले चुनाव अघि गरेका प्रतिवद्धतालाई विस्तारै अगाडि बढाउदै छन् ।
रेष्टुरेन्ट र होटलका ट्वाइलेटलाई सार्वजनिक शौचालयमा बदल्ने उनको उद्देश्यले विस्तारै अभियानको रुप लिँदैछ ।

काठमाडौं महानगरमा मात्र नभई देशभरका धेरै होटल, रेष्टुरेन्ट तथा विभिन्न संघ संस्थाले आफ्नो ट्वाइलेटलाई सार्वजनिक ट्वाइलेटका लागि प्रयोग गर्न दिने घोषणा गरेका छन् ।

पब्लिक ट्वाइलेटका लागि साहले लोगो समेत सार्वजनिक गरेका छन् । शहरी क्षेत्रमा खट्किएको सार्वजनिक शौचालयलाई यो अवधारणाले केही हदसम्म पूर्ति गर्ने देखिएको छ ।

बुधबार नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच नबिल बैंकका शाखा कार्यालयका ट्वाइलेटहरू सार्वजनिक ट्वाइलेटको रुपमा प्रयोग गर्न दिनेबारे द्विपक्षीय सम्झौता भएको छ । नबिल बैंकका प्रमुख बजार अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले नबिल बैंकका शाखा कार्यालयका ट्वाइलेटलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिनेबारे द्विपक्षीय सम्झौता भएको बताएका छन् । श्रेष्ठले जहाँ सर्वसाधारणको बढी भिडभाड हुने गरेको छ ती स्थानमा नबिल बैंकको कार्यालय रहेकोले सर्वसाधारणले सेवा पाउने उनले बताए ।

यस्तै महानगरपालिकाले सार्वजनिक शौचालयको रुपमा आफ्नो होटल रेष्टुरेन्टको ट्वाइलेट प्रयोग गर्न दिनेले एक साताभित्रमा महानगरपालिकामा सम्पर्क गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल