Logo

समाचार

नेपालमा औसत समयभन्दा अगाडि नै मनसुन भित्रियो



काठमाण्डौ, जेठ २२ गते । नेपालमा औसत समयभन्दा आठ दिन अगाडि नै मनसुन प्रवेश गरेको छ । सामान्यतयाः जुन १३ तारिखलाई मनसुन भित्रने समय मानिन्छ । गएको वर्ष पनि औसत समयभन्दा अगाडि नै मनसुन नेपाल प्रवेश गरेको थियो । तर यसपटक भने पोहोर भन्दा पनि पाँच दिन अगाडि नेपालमा मनसुन भित्रिएको हो । गएको वर्ष जुन १० तारिखमा नेपालमा मनसुन प्रवेश गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज आइतवार प्रदेश नम्बर १ बाट मनसुनी प्रणाली नेपाल प्रवेश गरेको हो । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन तीनदेखि चार दिन लाग्ने श्रेष्ठले बताउनुभयो ।

गएको वर्ष मनसुन भित्रने बित्तिक्कै सक्रिय भएर देशभर लगातार वर्षा हुँदा आएको बाढी र पहिरोमा परी देशमा ठूलो जनधनको नोक्सानी भएको थियो । यो वर्ष पनि सरदरभन्दा धेरै पानी पर्न सक्ने मौसम पूर्वानुमान भइसकेको छ । मनसुन प्रवेश गरेसँगै सक्रिय हुने सम्भावना पनि धेरै रहेकाले सतर्कता अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गर्नुभएको छ ।

मनसुन बाहिरिने समय भनेको अक्टोबर २ तारिख हो । नेपालमा वार्षिक वर्षाको झन्डै ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्दछ । यस अगाडि मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन नेपाल प्रवेश गर्न अझै दुईरचार दिन लाग्ने जनाएको थियो ।

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल