Logo

राजनीति

मेयर भएपछि बालेनको पहिलो भेट प्रधानसेनापति शर्मासँग, के–के कुराकानी भयो ?



काठमाडौं, जेठ १६ गते । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।

मेयर भएपछि शाहले पहिलो पटक प्रधानसेनापति शर्मासँगै भेट गरेका हुन्। मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन्।

भेटमा मेयर शाहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्। प्रधानसेनापति  शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।

आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य समेत गरिने कुरा भएको बताइएको छ।

बालेन शाहको उदयबारे कांग्रेस नेताले गरे यस्तो खुलासा (अन्तरवार्ता)

पाण्डेसँगै माल्भिका सुब्बामाथि अनुसन्धान हुनसक्छ : कानूनविद्

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल