Logo

समाचार

तारा एयरको जहाज दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइने



काठमाडौं, जेठ १६ गते । तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने अधिकारीहरुले बताएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् ।

शवलाई काठमाडौं ल्याउने र आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणका बोर्ड सदस्य एवम् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

१९ यात्रु र चालक दलका ३ सदस्यसहित आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी जहाज सम्पर्क विहीन भएको थियो । खोजी गर्दै जाँदा आज बिहान १४ हजार ५०० फिट इचाइमा जहाज दुर्घटना भएको अवस्थामा फेला परेको थियो ।

जहाज र शव छरिएको अवस्थामा फेला परेको दुर्घटनास्थलमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताए । शव नजलेको र चिनिने अवस्थामा रहेको पनि उनले बताए ।

नाइन एन(एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका ११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।

क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल