Logo

समाचार

तारा एयरको जहाज खोज्न गएको सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण



काठमाडौं,जेठ १५ गते । जोमसोममा हराइरहेको तारा एयरको जहाज खोज्न गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण भएको छ। थासाङबाट हिँडेर सो क्षेत्र पुग्न ५,६ घन्टा लाग्छ।

जहाज मुस्ताङको धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा बेपत्ता भएको आशंका गरिएको छ।

पोखराबाट उडेको जहाज बिहान १० बजेर १२ मिनेटमा जोमसोम नागरिक उड्यन कार्यालयको टावरसँग सम्पर्क भएपनि त्यसपछि सम्पर्क बिहीन भएको बताइएको छ।

आइतबार बिहान ९ः५५ बजे जहाज जोमसोमका लागि उडेको थियो। जहाजमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु रहेका छन्।

जहाजमा पाइलट प्रभावकर घिमिरे, को(पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा छन्।

जहाजमा दुई जर्मन नागरिक,चार भारतीय र १३ नेपाली यात्रु रहेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ।

मौसम खराबीका कारण बेपत्ता जहाजको खोजिकार्य प्रभावित भएको छ।

जिल्‍ला प्रशासन मुस्ताङका अनुसार जहाज खोजीका लागि नेपाली सेना,सशस्त्र प्रहरी , प्रहरी र सो क्षेत्रका स्थानीयलाई परिचालन गरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल