Logo

समाचार

तारा एयरको जहाज धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा बेपत्ता भएको आशंका



काठमाडौ, जेठ १५ गते । पोखराबाट उडेको जहाज बिहान १० बजेर १२ मिनेटमा जोमसोम नागरिक उड्यन कार्यालयको टावरसँग सम्पर्क भएपनि उक्त जहाज त्यसपछि सम्पर्कबिहीन भएको मुस्ताङ्गका प्रजिअ नेत्रप्रसाद शर्माले बताए ।
तारा एयरको जहाजलमा १३ नेपाली,४ भारतीय र दुई जर्मन नागरिकसहित चालक दलका ३ सदस्य रहेको जोमसोम नागरिक उड्यन कार्यालले बताएको छ ।
तारा जहाज आउनुअघि सुमित एयरको जहाजले पहिलो उडान पूरा गरी दोस्रो उडान भर्दै जोमसोम आइपुगेको थियो । पोखराबाट तारा एयरले पहिलो उडान भर्दै मुस्ताङ आउने क्रममा अचानक म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा मौसम प्रतिकुल हुँदा जहाज अनियन्त्रित दिशाामा उडेको अनुमान गरिएको छ ।
प्रजिअ शर्माका अनुसार सम्पर्क बिहीन भएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोममा अवतरण गर्नुपर्ने थियो । अवतरण अवधि सकिएर १५ मिनेटपछि मुस्ताङ प्रशासनलाई यसबारे अपडेट भएको उनको भनाइ छ ।

दुर्घटनाक्षेत्र अनुमान गरिएको स्थानका स्थानीयले बताएर अनुसार कालिगण्डकी नदीको बीच भाग हुँदै उड्नुपर्ने जहाज दिशाहिन अवस्थामा उडेकाले थासाङको नाउरिकोटमाथि धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल