Logo

राजनीति

स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई सचेत गराएको छ : उपसभापति खड्का



चितवन, जेठ १२ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई सचेत गराएको बताएका छन्। चितवनमा पत्रकारसँग कुरा गर्दै खड्काले काठमाडौं, धरान, धनगढीलगायतका स्थानको मतपरिणामले दलहरूलाई केही सङ्केत गरेको उल्लेख गरेका हुन्।

‘स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई जनताले टाढा राख्न खोजेको होइन । केही ठाउँको निर्वाचनको परिणामले राजनीतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई सचेत गराएको छ,’ उनले भने।

उपसभापति खड्काले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र अब दलहरुले अहिलेको निर्वाचनले गरेको सङ्केतलाई ध्यान दिन जरुरी रहेको उल्लेख गरेका छन्।

राजधानीलगायत केही ठाउँको निर्वाचनको परिणामलाई लिएर दलका नेतृत्वले समीक्षा गरेर आउने दिनमा नयाँ निर्णय गर्दै फरक तरिकाले पार्टी चलाउनुपर्ने देखिएको खड्काको भनाइ छ।

उपसभापति खड्काले संसदमा प्रस्तुत नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई धेरै हदसम्म सम्बोधन गर्ने गरी ल्याइएको जानकारी दिएका छन्।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल