Logo

राजनीति

गठबन्धन प्रचण्ड–माधव नेपालहरूको बाध्यता हो, कांग्रेसको होइन : रञ्जीत कर्ण (भिडियो अन्तरवार्ता)



काठमाडौं, जेठ ११ गते । नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत कर्णले काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह र धरान उपमहानगरपालिका प्रमुखमा निर्वाचित हर्कराज साम्पाङ राई निर्वाचित हुँदालाई जनताले गरेको विद्रोहको संज्ञा दिएका छन् ।

नेता कर्णले नेपाली कांग्रेससहितका राजनीतिक दलका लागि स्वतन्त्र उम्मेदवारहरूको जीत एउटा पाठको रुपमा लिनुपर्ने बताउँदै यसलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएका हुन् ।

‘राजनीतिक दलको नेतृत्वलाई हामीले जे निर्णय गरे पनि जनताले मान्छन् भन्ने लागेको थियो । बालेन शाह र हर्क साम्पाङहरूको जीतले त्यो भ्रम हटेको छ । त्यसैले यो परिणामले दलहरूलाई जनमुखी बन्न प्रेरित गरेको छ,’ कर्णले भने ।

संविधानसभा सदस्य समेत रहेका कर्णले विगतका गल्ती नसच्याए अब जनताले विकल्प खोज्छन् भन्ने प्रष्ट भएको उल्लेख गर्दै हर्क साम्पाङ र बालेन शाहजस्ता युवाहरूको हस्तक्षेपलाई सकारात्मक रुपमा लिएको बताए । ‘उहाँ आउनु भयो भने पार्टीभित्र सुधार हुन्छ । लोकतन्त्र बलियो हुन्छ । पार्टीभित्र राम्रो काम गर्नलाई दबाब हुन्छ,’ उनले भने ।

यसैगरी, सत्ता साझेदार पाँच दलबीच भएको तालमेलबाट सबै दललाई फाइदा भएको कर्णको धारणा छ । स्थानीय तहको निर्वाचनको परिणामलाई समीक्षा गरेर अब नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्नेमा उनको जोड छ ।

हेर्नुहोस्, नेता कर्णसँग गरिएको अन्तरवार्ताः

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल