Logo

राजनीति

बालेन निरन्तर अगाडि, केशव स्थापित र सिर्जना सिंहबीच  ३५६ को मतान्तर



काठमाडौं, जेठ ७ गते । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेम कुमार श्रेष्ठले शाहलाई ३१ हजार १४५ मत प्राप्त भएको जानकारी दिएका हुन् ।

उनका अनुसार एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ९१८ मत पाएका छन् । काँग्रेसकी सिर्जना श्रेष्ठले  १६ हजार ५६२ तथा राप्रपाका उम्मेदवारले २७५५ मत पाएका छन् ।

मतपरिणामअनुसार केशव स्थापित सँग सिर्जना सिंहले मतान्तर घटाएको देखिएको छ । यी दुई उम्मेदवार बीचको मतान्तर ३५६ रहेको छ ।

यसैगरी, उपमेयरमा एमालेकी सुनिता डंगोलले ३१ हजार १११ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १० हजार ६७३ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले  ५ हजार ४८७ मत पाएका छन् ।

यो मत वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०, २४,२५,२६,१७,१८,२९,३०,३१ र ३२ का गणनाको हो । हालसम्म अन्तिम मत परिणाम घोषणा भइसकेका वडाहरूमा १,२,३,४,५,६,२८,२९,३० र ३२ रहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : ७ जेष्ठ २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल