Logo

समाचार

हिंसा पीडित युवतीको न्यायका निम्ति उभियो अनेरास्ववियु, अध्यक्ष भन्छिन्, ‘यो अपराध कुनै कोणबाट क्षम्य छैन’



काठमाडौं, जेठ ६ गते । नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सुन्दरी प्रतियोगितामा सहभागी एक युवतीमाथि भएको यौनहिंसाका सन्दर्भमा ध्यानाकर्षण भएको बताएकी छन् । साथै पीडितलाई न्याय दिलाउन र अभियुक्तलाई कानूनी कारबाही गर्न पनि अध्यक्ष बरालले माग गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत अनुसन्धान र कानूनी कारबाहीको माग उनले गरेकी हुन् । पीडितको सुरक्षाको माग पनि उनले गरेकी छिन्।

‘म कुनै पनि किसिमको हिंसा सहन्न। हिंसा हुन दिन्न, हिंसा गर्नेलाई कानूनी दायरामा ल्याउन र कानूनी कारबाहीका लागि अघि बढ्छु’ भन्ने भावना र उद्घोषका लागि अघि बढ्न सबैलाई आग्रह गदर्छु। महिला हिंसाविरुद्धको लडाइँमा अहिलेसम्म कयौं ठाउँमा व्यक्तिगत रुपमा र मैले नेतृत्व गरेको संगठनको तर्फबाट पुगेकी छु, कानूनी उपचार खोजेर न्याय दिलाइएको छ। र, सुष्मिताको न्यायका खातिर तपाई–हामी एकाकार हुन जरुरी छ।

अध्यक्ष बरालले लेखेकी छन्ः

छोरीहरू कुनै न कुनै रुपले (शारिरिक, मानसिक, मनोवैज्ञानिक) असुरक्षित हुने क्रम रोकिएको छैन। सुन्दरी प्रतियोगिताको सन्दर्भसँग जोडिएर सुस्मिता जीले उठाउनु भएको विषयले गम्भीर बनाएको छ।

सुष्मिताको न्यायको पक्षमा!

सदियौंदेखिको यौनजन्य हिंसाको श्रृंखलाको एउटा कारुणिक यथार्थकै रुप अहिले बहसमा आएको छ, ‘सुष्मिताको अस्मिता लुटिएको’ विषय। ६ महिनासम्म बन्धक बनाएकै शैलीमा गरिएको यो अपराध कुनै कोणबाट क्षम्य छैन।

घटना अहिले अनुसन्धानका क्रममा छ। आधा दशकभन्दा पछि यो विषय सार्वजनिक भएको छ। अनुसन्धानपछि घटनाको वास्तविकता आउने छ। र, पीडितले न्याय पाउने र यो कुकृत्यमा संलग्नले कानूनी कारबाही भोग्ने सुनिश्चित होस्। यसका लागि सबै सरोकारवालालाई दबाब दिन पनि जरुरी छ।

अब अति भो!

सुष्मिताले उठाएको आवाजको विषयमा पक्ष र विपक्षमा होइन, एकमतले न्यायका प्राप्तिको लडाइँमा जुट्नुपर्छ। एकमतले ती अपराधीलाई कारबाहीको दायरामा ल्याउन आन्दोलनको आँधी उठाउनुपर्छ। एकसाथ, समाजका यस्ता कलुसित चरित्रलाई परास्त गर्नुपर्छ। त्यसैले सुष्मिताको न्यायको पक्षमा हरेकले आवाज उठाऔं। अनुसन्धान, अभियुक्तमाथि कानूनी कारबाही र पीडितको जीवनरक्षा र सुरक्षाका लागि आ–आफ्नो ठाउँबाट सबैले आवाज बुलन्द गरौं।

पुचश्चः ‘म कुनै पनि किसिमको हिंसा सहन्न। हिंसा हुन दिन्न, हिंसा गर्नेलाई कानूनी दायरामा ल्याउन र कानूनी कारबाहीका लागि अघि बढ्छु’ भन्ने भावना र उद्घोषका लागि अघि बढ्न सबैलाई आग्रह गदर्छु। महिला हिंसाविरुद्धको लडाइँमा अहिलेसम्म कयौं ठाउँमा व्यक्तिगत रुपमा र मैले नेतृत्व गरेको संगठनको तर्फबाट पुगेकी छु, कानूनी उपचार खोजेर न्याय दिलाइएको छ। र, सुष्मिताको न्यायका खातिर तपाई–हामी एकाकार हुन जरुरी छ।

हिंसामुक्त समाज निर्माण गर्ने दायित्व त्यसै पुरा हुँदैन। जागौं, बोलौं र न्यायका निम्ति डटेर लडौं।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल