Logo

आर्थिक

अर्थमा बजेट लेखनको चटारो, नारा लेख्न विज्ञ खटिए



काठमाडौं, जेठ ४ गते । आगामी १५ जेठमा संसद्‍मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०७९/८० का लागि आउन बजेटको अंक टुंगो लागेको छ । यससँगै अर्थ मन्त्रालय अब बजेट भाषण लेखनमा जुटेको छ ।

मन्त्रालय स्रोतका अनुसार आगामी आवको बजेटलाई जनमुखी बनाउन भरपुर प्रयास गरिएको छ । सो क्रममा बढी प्राथमिकता दिइने क्षेत्रमा आकर्षक नारा लेख्न विज्ञ टोली नै खटाइएको छ ।

‘कृषि, रोजगार, श्रमजस्ता क्षेत्र बजेटको प्राथमिकतामा छन्,’ स्रोतले भन्यो, ‘ती क्षेत्रमा नारा लेख्न विज्ञ टोलीले काम गर्दैछ ।’ स्रोतका अनुसार यी नारासहित अब बजेट भाषणलाई अन्तिम रुप दिने काम सुरु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका एक सदस्यका अनुसार बजेटलाई अन्तिम रुप दिने क्रममा मन्त्रालयमा बजेट लेखनमा खटिएको मुख्य टोली, अर्थको सम्बन्धित विषय हेर्ने महाशाखा प्रमुख र आवश्यक पर्दा विभागीय मन्त्रालयका सचिव समेतलाई बोलाएर अर्थमन्त्री स्वयंले बजेट हेरिरहेका छन् ।

यस पटक बजेट लेखनको मुख्य टिमको नेतृत्व मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बरालले गरिरहेका छन् । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी टिममा छन् । टिमले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तयार पारेको हो । जुन मंगलबार संसदमा पेश भएको छ ।

यो टोलीलाई मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र कुमार उप्रेती, राजस्व सचिव कृष्णहरी पुष्कर, अर्थसचिव मधुकुमार मरासिनी र अर्थमन्त्री स्वयंले सहजीकरण गरिरहेका छन् ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल