Logo

राजनीति

काठमाडौं महानगर–७ मा पनि बालेनकै अग्रता, १ सय मत गणना हुँदा पाए ४८ भोट



काठमाडौं, जेठ ४ गते । काठमाडौं महानगरपालिकाको वडा नम्बर ७ मो मतगणना सुरु भएको छ। वडा नम्बर–७ बाट स्वतन्त्र उम्मेदवार बालेन शाहले भारी मतान्तरसहित अग्रता लिएका छन्। वडा ७ को जम्मा १०० मतगणना हुँदा बालेनले ४८ मत पाएका छन्।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ तथा नेकपा एमालेका केशव स्थापितले ८ मत पाएका छन्। अहिलेसम्म काठमाडौं महानगरको ४१ हजार १०८ मतगणना हुँदा बालेनले १६ हजार ५२ मत पाएका छन्।

स्थापितले ८ हजार ३४५ तथा सिर्जनाले ७ हजार ५११ मत पाएका छन्। बालेनले स्थापितभन्दा ७ हजार ७०७ मत धेरै पाएका छन्। सिर्जनाभन्दा ८ हजार ५ सय ४१ मत धेरै पाएका छन्।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल