Logo

आर्थिक

कुवेतबाट ५० यात्रुसहित आएको अन्तर्राष्ट्रिय जहाज भैरहवामा अवतरण



काठमाडौँ,जेठ २ गते । नेपालमा दोस्रो हवाई रुटमा उडान गर्ने कुवेतको जजिरा एयरवेज पहिलो विदेशी वायुसेवा भएको छ ।
भैरहवा विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर एटीसीका अनुसार नेपालमा हवाई यातायात सुरु भएको ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार कुबेतबाट आएको जजिराको जे ९५४५ उडान नम्बरको विमान अन्तर्राष्ट्रियतर्फ व्यवसायिक उडान गर्ने पहिलो वायुसेवा भएको छ ।

जजिराको एयरबस ए ३२० विमान बिहान ७ बजेर ९ मिनेटमा भैरहवामा अवतरण भएको थियो । कुवेतबाट इरान, पाकिस्तान, भारतको नयादिल्ली, लखनउमाथिको हवाई रुट हुँदै आएको जजिराको जहाज लखनउबाट सोझै भैरहवा प्रवेश गर्ने रुट नभएकाले सिमरा पुगेर चितवन हुँदै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

१ सय ६० सिट क्षमताको एयरबस फर्किँदा १ सय ३३ जना नेपाली लिई भैरहवाबाट कुवेत जाने छ । ४ घन्टा २२ मिनेटको समय लगाएर भैरहवा आइपुगेको जजिराको विमान फर्किँदा सिमरातर्फ नगई भैरहवाबाट सोझै लखनउ निस्किने छ । भैरहवाबाट लखनउ हुँदै निस्किने ब्राभो ३४५ नामको एकतर्फी हवाई रुटबाट निस्किँदा उसलाई आउँदा लागेको समय भन्दा केही मिनेट कम सयम लाग्ने छ ।

२५६६ औं बुद्धजयन्तीको साइत पारेर सरकारले सोमबार प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा भैरहवा विमानस्थलको उद्घाटन गराएको छ ।

उद्घाटनअघि विदेशबाट जजिरा र काठमाडौंबाट नेपाल वायुसेवा निगमको ए ३२० एयरबस ९० जना यात्रु लिई भैरहवा पुगेको थियो । निगमको विमान काठमाडौंबाट ६ बजेर २७ मिनेटमा उडेको निगमको एयरबस भैरहवामा ६ बजेर ५५ मिनेटमा अवतरण भएको थियो ।

भैरहवा विमानस्थलले पहिलोपटक अवतरण गर्ने वायुसेवा कम्पनीको जहाजलाई दुईतर्फबाट पानीको फोहोरा फालेर स्वागत गर्ने प्रचलन अनुसार, सोमबार जजिराको जहाजलाई पानी फोहोरा ९वाटर क्यान स्यालुट० ले स्वागत गरिएको थियो ।

यसअघि जेठ १४ गते निगमको वाइडबडी विमानले पहिलो डेमोस्ट्रेशन उडान गर्दा वाटर क्यान स्यालुट पाएको थियो ।

भैरहवामा पहिलोपटक २०१५ असार २० गते उडान सेवा संचालन भएको थियो । ६४ वर्षपछि सरकारले करिब साढे ७ अर्ब रुपैयाँ खर्च गरेर भैरहवालाई अन्तर्राष्ट्रिय विमानस्थल बनाएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, जग्गाको मुअब्जामा १० अर्ब र नागरिक उड्डयन प्राधिकरणको बेग्लै ७ अर्ब समेतलाई जोड्दा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा २७ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल