Logo

आर्थिक

इन्धनको मूल्यवृद्धिको निर्णय कार्यान्वयन नगर्न अखिलको चेतावनी, ‘फिर्ता नभए कडा आन्दोलन’



काठमाडौं जेठ १ गते । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध देशभर आन्दोलन गर्न अनेरास्ववियु मातहतका कमिटीलाई निर्देशन दिएकी छन् ।

सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । सरकारको सोही कदमको विरुद्धमा अनेरास्ववियुले कडा शब्दमा आपत्ति जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता मात्र नभइ अन्य दैनिक उपभोग्य वस्तु वा पदार्थमा चरम मूल्यवृद्धि हुँदा समेत सरकार कानमा तेल हालेर बसेको भन्दै अध्यक्ष बरालले तत्काल मूल्यवृद्धि फिर्ता तथा नियन्त्रणमा नलिए आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन् ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल