Logo

आर्थिक

२ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उडान गर्ने



काठमाडौं, वैशाख ३० गते। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन २ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ ।

२ जेठदेखि नै कुवेतबाट जजिरा एयरवेजले समेत यस विमानस्थलमा उद्घाटन उडान गर्दैछ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी यस दिन उदघा्टन उडान गर्न लागेको जनाएको हो ।

काठमाडौंबाट बिहान ६ बजे उड्ने यो जहाज भैरहवाबाट भने ८ बजे काठमाडौंका लागि उड्ने भएको छ । यो दिन ए ३२० न्यारोबडी जहाजले उडान गर्ने भएको छ ।

यसअघि नेवानिले वाइडबडी जहाज ३३० बाट परीक्षण उडान गरिएको थियो । यो दिन यात्रुले टिकट काटेर उडान गर्न पाउने छन् ।

नेवानिले ४ हजार ५१० र ७ हजार ४० रुपैयाँ गरी दुई प्रकारको मूल्य सार्वजनिक गरेको छ । टिकट मोवाइल एप र वेवसाइटबाट लिन सकिने भएको छ ।

प्रकाशित : ३० बैशाख २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल