Logo

आर्थिक

प्याजको व्यापार – ९ महिनामा ५१ लाख किलो आयात, २६ हजार किलो निर्यात



काठमाडौं, बैशाख २४ गते । चालू आर्थिक वर्ष २०७८–७९ को ९ महिनामा विदेशबाट ५१ लाख ८५ हजार किलोग्राम प्याज आयात भएको छ । भन्सार विभागले ९ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै भारत र चीनबाट उक्त परिमाणको प्याज आयात भएको जानकारी दिएको हो ।

साउनदेखि चैत महिनासम्मको अवधिमा प्याज आयातमा २५ करोड ७ लाख ३२ हजार रुपैयाँ बाहिरिएको छ । यस बापत सरकारले २ करोड २८ लाख ८२ हजार रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ । आयातित प्याजमध्ये ८० प्रतिशत प्याज भारतबाट आउने गरेको छ । भारतबाट यस अवधिमा २१ करोड ९८ लाख रुपैयाँको प्याज आयात भएको छ भने चीनबाट ३ करोड ९ लाख रुपैयाँको प्याज भित्रिएको तथ्यांक छ ।

यस्तै, यस अवधिमा नेपालबाट २६ हजार किलोग्राम प्याज निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट १ करोड ६० लाख रुपैयाँ बराबरको प्याज निर्यात भएको हो ।

प्रकाशित : २४ बैशाख २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल