Logo

आर्थिक

निगमले भन्यो– मागभन्दा बढी ग्याँस आयात भएको छ, मौज्दात नराख्नुस्



काठमाडौं, वैशाख २३ गते । नेपाल आयल निगमले बजारमा ग्यास अभाव हुनुपर्ने अवस्था नरहेको बताएको छ । खपत भइरहेको औसत परिमाणभन्दा बढी एलपी ग्याँस आयात भइरहेको भन्दै निमगले ग्यास आयातको तथ्यांक सार्वजनिक गरेको छ ।

बजारमा अहिले उपभोक्ताले सहज रुपमा ग्यास पाइरहेका छैनन् । निगमका अनुसार एलपी ग्यासको खपत महिनामा ४५ हजार मेट्रिक टन छ । अप्रिल महिनामा ४७ हजार १२७ मेट्रिकटन ग्याँस आयात भएको निगमले जानकारी दिएको छ ।

चैतमा एलपी ग्यास उद्योग संघले बिक्री वितरणमा अवरोध गर्दा आपूर्ति व्यवस्था प्रभावित भएको भन्दै त्यसपछिको आयात सहज भएको निगमको दाबी छ । मागभन्दा बढी परिमाणमा ग्यासको मौज्दात नराख्न उपभोक्तालाई निगमले आग्रह गरेको छ ।
ग्याँसको मूल्य बढ्ने हल्ला फिजाएर कृत्रिम अभाव सिर्जना गरी अनुचित लाभ लिन खोजे कडा कारबाही गरिने निगमको चेतावनी छ ।

‘वाणिज्य विभाग र निगमले नियमित बजार अनुगमन समेत गरिरहेको छ, अनुगमनको क्रममा केही ग्यास विक्रेतालाई कारकाही गरिसकेको र भविष्यमा पनि कैफियत गर्नेलाई कडा कारबाही गरिनेछ ,’ निगमले भनेको छ ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल