Logo

आर्थिक

रारा हाईड्रोपावरले १२ लाख कित्ता सेयर जारी गर्दै



काठमाडौं, बैशाख २२ गते । रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १२ लाख कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमका बिच कम्पनीले मेगा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक शंकरलाल वैद्य तथा मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो कार्यक्रममा रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक मंगल विश्वकर्मा र मेगा क्यापिटल मर्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिति रहेको थियो । सर्वसाधारणका लागि जारी हुने शेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी आवेदनको तयारी भएको कम्पनीले जनाएको छ

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल