Logo

आर्थिक

सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो



काठमाडौं, वैशाख २२ गते । बिहीबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भने एकै पटक धेरै मूल्यले बढेको नेपाल, सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल