Logo

आर्थिक

अर्थतन्त्र कता लैजाने भन्ने निजी क्षेत्रको हातमा छैन : गोल्छा



काठमाडौं, वैशाख २१ गते। नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले नेपालमा राजस्वमुखी नीतिका कारण आयात बढेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनले बुधबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अन्तक्रिर्यामा बोल्दै गोल्छाले अर्थतन्त्र कस्तो बनाउने भन्ने भूमिका नियामक निकायको भएको बताए । सोही कारण यसमा निजी क्षेत्रको भूमिका नरहने उनको तर्क छ ।

निजी क्षेत्रले उत्पादन मुलक क्षेत्रमा लगानी केन्द्रीत गर्न नसक्दा यस्तो अवस्था आएको आरोप सरकारी स्तरबाट लगाउने गरिएको सन्दर्भ निकाल्दै उनले अर्थतन्त्र कता लैजाने भन्ने जिम्मा निजी क्षेत्रको हातमा नरहने बताएका हुन् । निजी क्षेत्रको उद्देश्य नाफा मुलुक भएको भन्दै उनले कर्जा कहाँ गएको छ, सही दिशामा गयो वा गएन भनेर नियामक निकायले हेर्नु पर्ने उनले बताए ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल