Logo

आर्थिक

१५ सय शंकास्पद कारोबारको अनुसन्धान गर्दै राष्ट्र बैंक



काठमाडौं, वैशाख १९ गते । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको छ ।

यसैबीच नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म सरकारको कूल आन्तरिक ऋण दायित्व रु ६० अर्ब ५७ करोड ३४ लाख रहेको जनाउँदै हालसम्म रु २९ अर्ब २४ करोड ६७ लाख बराबरको आन्तरिक ऋण भुक्तानी गरेको बताएको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरीवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल