Logo

आर्थिक

आयात प्रतिबन्ध लागेपछि नेपालमै इनर्जी ड्रिंकको उत्पादन सुरु



काठमाडौं, बैशाख १८ गते । सरकारले व्यापार घाटा न्यूनीकरण गर्न आयात रोक लगाएपछि नेपालमै इनर्जी ड्रिंकको उत्पादन सुरु भएको छ । महावलेश्वर डेरीले नेपालमै रेभा, एमडी आई मिल्क ड्रिंक उत्पादन तथा बिक्री वितरण सुरु गरेको हो । बढ्दो आयात न्यूनीकरण गर्न ३ वर्ष अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इनर्जी ड्रिंक्स आयात प्रतिबन्ध लगाएको थियो ।

रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिजले दुई वटा ब्राण्डको मिल्क ड्रिंक्स बजारमा ल्याएको छ । नेपालको औद्योगिक नगरी बुटवलमा २०५२ सालमा स्थापित पवित्र डेरी उद्योगको अर्को व्यावसायिक प्रतिष्ठानका रूपमा स्थापना गरिएको यस उद्योगले आफ्ना उत्पादनहरू नेपालभरि आधिकारिक बिक्रेतामार्फत बिक्री वितरण सुरु गरेको छ ।

यसै क्रममा उद्योगले काठमाडौँमा पनि आफ्नो उत्पादनको बिक्री वितरण सुरु गरेको हो । पवित्र डेरी उद्योगको अर्को परियोजनाको रूपमा बुटवल उपमहानगरपालिका वार्ड नं. १४ मा स्थापित महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज २०७८ साल चैतदेखि सञ्चालनमा आएको हो ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल