Logo

आर्थिक

इण्डोनेसियाले रोक्यो पाम तेलको निर्यात, खाने तेलको आपूर्ति चक्रमा समस्या



काठमाडौं, वैशाख १७ गते । पाम तेलको प्रमुख उत्पादक मुलुक इण्डोनेसियाले निर्यातमा रोक लगाएपछि त्यसको असर नेपाली बजारमा पनि देखिने भएको छ । गत बुधबारदेखि इण्डोनेसियाले आफ्नो मुलुकको मूल्यवृद्धि रोक्न पाम तेलको निर्यातमा रोक लगाएको मोरङ व्यापार संघले जनाएको छ ।

वाषिर्क ठूलो परिमाणमा कच्चा पदार्थ आयात गरेर नेपाल र भारतीय बजारमा नेपाली उद्योगीले पाम तेल बिक्री गर्दै आइरहेका छन् ।
रुस र युक्रेनका युद्धका कारण अन्य खाने तेल आयात समेत उत्पादक मुलुकबाट हुने निर्यातमा समस्या देखिएको बेला पाम तेलको आपूर्ति श्रृङ्खला पनि भत्कन सुरु भएको संघका निवर्तमान अध्यक्ष एवम् उद्योगी प्रकाश मुन्डाले बताए ।

अन्तर्राष्ट्रिय कारणहरुले गर्दा तेलको आपूर्ति व्यवस्था खराब अवस्थातर्फ पुगेको मुन्दडाको भनाइ छ । तेल आयातको सबै स्रोत मुलुकमा समस्या देखिएको उनले बताए ।

‘युक्रेनमा युद्ध छ, मलेसियामा तेल पाइएन, इण्डोनेसियाले पाम निर्यातमा रोक लगायो,’ मुन्डाले भने ‘अहिले हामीहरु कामबिहिन भएका छौं ।’

उद्योगीहरुले कच्चा तेल खरिदका लागि गरेको विभिन्न प्रयास पनि असफल भएको उनको भनाइ छ । कच्चा अन्य खाने तेलसहित पामको आयात ठप्प हुँदा २० वटा उद्योगले गर्ने प्रशोधन र निर्यात प्रभावित भएको उद्योगीहरुले बताएका छन् ।

वीरगञ्ज र विराटनगरमा गरेर मुलुकभर २० वटा तेल उद्योगमा ५० अर्ब लगानी रहेको र त्यहाँ ८ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएको मुन्डाले दाबी गरे ।
विराटनगरममा रहेको पशुपति बिस्कुट उद्योगकाअ नुसार पछिल्लो तीन दिनदेखि इण्डोनेसियाले पाम तेल निर्यातमा रोक लगाएको छ । जसको असर बिस्कुटको उत्पादनमा पर्ने उद्योगका फाइन्यान्स प्रमुख रिसब चौधरीले बताए ।

‘विस्कुटका लागि पाम तेल नभई हुँदैन, आयात ठप्प हुने अवस्था सिर्जना भएको छ,’ चौधरीले भने ‘अब तेलको मूल्य भन्दा पनि उपलब्धता उद्योग सञ्चालनका लागि महत्वपूर्ण भएको छ ।’

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल