Logo

आर्थिक

सुनको मूल्य प्रति तोला १२ सय रुपैयाँले बढ्यो



काठमाडौं, बैशाख १६ गते । सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ ।
बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल