Logo

आर्थिक

सञ्चालकले नै राष्ट्र बैंकको गोप्य सूचना चुहाए : कर्मचारी



काठमाडौं, वैशाख, १४ गते । नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैंकबाट गोप्य सूचनाहरु चुहाएको आरोप लगाएका छन् । राष्ट्र बैंकको वाषिर्कोत्सव समारोहमा बोल्दै उनले राष्ट्र बैंकबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गरे ।

बन्द भएपछि राष्ट्र बैंक, बैंक र व्यापारिक घरानाको मिलेमतोमा एलसी खोलिएको विवरण सार्वजनिक भएका छन् । त्यसप्रति संकेत गर्दै उनले राष्ट्र बैंकका एक सञ्चालकले सूचनाहरु राष्ट्र बैंकबाट लगेर अर्थ मन्त्रालयबाट बाहिर चुहाएको बताए ।

उनले गभर्नर महाप्रसाद अधिकारीलाई कपोकल्पित आरोप लगाएर निलम्बन गरिएको समेत बताए । तर अदालतले न्याय दिएको उनको भनाइ छ ।

अर्थतन्त्रका समस्या केन्द्रीय बैंक र अर्थमन्त्रालय मिलेर समाधान गर्नुपर्ने भए पनि अनावश्यक र अवैधानिक हस्तक्षेप गर्न खोजिएको उनले बताए ।

कार्यक्रममा राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशम गल्छौडेले सरकरको विरोध नगरेको भनेर मान मर्दन गरिएको बताए ।

राष्ट्र बैंकको वाषिर्कोत्सव समारोहमा बोल्दै सर्वोच्चको आदेशपछि गभर्नर पुनर्वहाली हुनु स्वभाविक भएको भएपनि सरकारको आलोचना नगरेकै कारण एउटा समूहले अर्को समूहलाई मानमर्दन गरेको उनले बताए ।

रााष्ट्र बैंकको नेतृत्वले कर्मचारीमध्ये कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गरेको उनले बताए ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल