Logo

आर्थिक

ऋण दिन नसक्ने अवस्थामा बैंक : ९ बैंकले मात्रै कायम गरे सीडी रेसियो



काठमाडौं,वैशाख १३ गते । अधिकांश ‘क’ वर्गका बैंकहरुले नेपाल राष्ट्र बैंकको नीति विपरीत कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा निक्षेप अनुपात सीडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्छ ।

तर ९ वटा बैंकहरुको मात्रै सीडी रेसियो सीमाभित्र रहेको छ । बैंकहरुले मनपरी ढंगले कर्जा दिदा अहिले बजारमा लगानी योग्य रकमको अभाव देखिएको हो । ९ वाणिज्य बैंकहरुले भने सीडी सीमाभित्रै अर्थात ९० प्रतिशत भन्दा तल नै राखेका छन् ।

सीडी रेसियो सबैभन्दा कम प्रभु बैंकको रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म प्रभु बैंकले ८२ दशमलव ११ प्रतिशत सीडी रेसियो कायम गर्न सफल भएको छ । सीडी रेसियो कम हुने दोस्रो नम्रबमा स्टाण्डर्ड चार्टर्ड बैंक र तेस्रो नम्बरमा एनआईशी एशिया बैंक देखिएको छ ।

स्टाण्डर्ड चार्टर्डको ८२ दशमलव ६९ प्रतिशत र एनआईशी एशियाको ८६ दशमलव १८ प्रतिशत सीडी रेसियो रहेको छ । यसैगरी सानिमा बैंकको ८७ दशमलव २२ प्रतिशत, ल्क्ष्मी बैंकको ८७ दशमलव २४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ८८ दशमलव १७ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे, एनसीसी र सिद्धार्थ बैंक पनि सीडी रेसियोलाई सीमाभित्रै राख्न सफल भएका छन् । माछापुच्छ्र बैंकको चैत मसान्त्सम्म ८९ दशमलव १३ प्रतिशत, एनसीसी बैंकको ८९ दशमलव १४ प्रतिशत र सिद्धार्थको ८९ दशमलव ७८ प्रतिशत रहेको छ ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल